मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता आगामी पुस २४ गतेबाट सुरु हुने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले पुस २४ गतेदेखि गोल्डकप सुरु हुने जानकारी गराएका हुन् ।बकैया–३ स्थित हात्तीसुँडे खेल मैदानमा हुने प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको छ । सिनियर टिममा वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० गरी ८ टिम सहभागि हुनेछन् भने जुनियरतर्फ वडा नम्बर १, २, ११, र १२ गरी ४ टिम रहनेछन् ।यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममाच बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए ।माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।प्रतियो्गितामा सहभागिताका लागि पुस १९ गतेसम्म वडाहरुलाई टिम दर्ताका लागि समय दिइएको छ भने २० गते खेल तालिका सार्वजनिक गर्ने संयोजक लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here