देशमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेकाले बुढ्यौलीपनलाई व्यवस्थित गर्नुपर्ने र परिवारले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा छलफल भएको छ ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्टले बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्ने विषयमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै यस्तो विषयमा छलफल भएको हो ।शुक्रबार काठमाडौंमा उक्त कार्यक्रमको सुरुवात भएको हो । रोट्री इन्टरनेशनल  अन्तरगत नेपाल भित्र १ सय ८० वटा रोट्री क्लबहरु छन् । रोट्री क्लबहरु भएका सबै स्थानमा स्वस्थकर बुढ्यौली भन्ने विषयमा कार्यक्रम आयोजना हुने रोट्री क्लब अफ काठमाडौंको अध्यक्ष सुशील कुमार कार्कीले जानकारी दिए ।उनले भने, ‘अहिले बुढ्यौलीपनको अवस्थामा मान्छेले बिर्सने खालको समस्याहरु भोग्नुपर्ने हुन्छ । नेपाली समाजमा यसलाई ठूलो रुपमा नलिए पनि भित्र भित्र रोगको हिसाबले बढ्दै गएको अवस्थामा सम्बन्धित विषयमा रोट्रीका सदस्य र यही क्षेत्रमा लाग्ने अन्य मानिसहरुसँग छलफल गर्नको लागि कार्यक्रम आयोजना गरेका छौ । रोट्री क्लबहरु जहाँ जहाँ छन् त्यो सबै ठाँउमा यस्तो कार्यक्रमहरु हुदैँ छ । पहिलो कार्यक्रम यहीबाट सुरु गर्दै छौ । विस्तारै देशको विभिन्न भागमा यसलाई लान्छौ ।’ उनले बुढ्यौली हुदैँ गएपछि स्वास्थ्य जाँच गराउनुपर्ने र परिवारका सदस्यहरुलाई यस्तो अवस्थामा कसरी केयर गर्ने भन्ने बारेमा बुझ्दै जान सक्यौ भने वृद्ध अवस्थामा पनि सुखी रहन सकिने बताए ।यस्तै, उनले देशमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको भन्दै बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्नेमा केन्द्रीत भएर अगाडि बढ्न आग्रह गरेका छन् ।रोटरी विश्वव्यापी रूपमा एकजुट भएका व्यावसायिक र व्यावसायिक व्यक्तिहरूको संगठन हो, जसले मानवीय सेवा प्रदान गर्दछ, सबै पेशामा उच्च नैतिक स्तरहरूलाई प्रोत्साहन दिन्छ, र विश्वमा सद्भावना र शान्ति निर्माण गर्न मद्दत गर्दछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here