कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५५ रुपैयाँ, भारतिय सुकेको प्याज ७० रुपैयाँ रहेको छ ।यसैगरी आलु रातोको ५५, आलु सेतोको ५०, लोकल गाजर ९० रुपैयाँ ,लोकल बन्दाको मुल्य ५०, काउली स्थानीयको ७० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, लौका ९०, तितो करेला १०० रुपैयाँ, लोकल परवर ९० रुपैयाँ कायम भएको छ । भिण्डी १२० रुपैयाँ, सखरखण्ड ९० रुपैयाँ, बरेला ६० रुपैयाँ,पिंडालू ८० रुपैयाँ र स्कूसको मूल्य २५ कायम भएको छ ।रायो सागको मूल्य ३० रुपैयाँ  छ । तोरिको साग ४०, पालूगो साग १०० र चमसुरको साग १०० रुपैयाँ रहेको छ ।कन्य च्याउ १४०, डल्ले च्याउ ३५०,कुरीलो १००० रुपैयाँ र ब्रोकाउली ९० रुपैयाँ छ ।त्यस्तै,किवि २०० र सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६०,कागती १२० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here