काठमाडौं फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले शनिबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

कालिमाटीमा आज आलु, प्याज, कन्य च्याउ, गोलभेँडा सहितका केही तरकारीको मूल्य थोरै घटेको छ धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ ।

कालिमाटीमा आज सानो लोकल गोलभेँडाको न्यूनतम मूल्य ५० देखि ठूलो भारतीय गालभेँडाको न्यूनतम मूल्य ९० रुपैयाँ सम्म छ ।

त्यसैगरी रातो आलु ५५, सेतो आलु ५०, तराईको बन्दा ४०, भारतीय लोकल प्याज ७०, स्थानीय काउली ६०, लाम्चो भन्टा ६० रुपैयाँ प्रतिकिलो छ । त्यसैगरी स्कुस २५, रायोको साग २५, कन्य च्याउ १४०, डल्ले च्याउ ३२० रुपैयाँ छ । थोकमा किनबेच भइरहेको यो सबै न्यूनतम मूल्य छ ।

त्यसैगरी लाम्चो भन्टा ६५, तने बोडी १२५, करेला ११५, पाकेको फर्सी ५५, भिन्डी १५५, स्कुस ३०, रायोको साग २५, पालुंगोको साग ७५, कन्य च्याउ १५७, डल्ले च्याउ ३२६, कुरिलो ११००, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here