जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले कांग्रेस कम्युनिष्टले मुलुक बर्बाद बनाएको आरोप लगाएका छन् ।
महाधिवेशन सम्पन्न भएको ३० दिनभित्र जसपा नेपालले विधान संशोधनलगायत आवश्यक कागजातको प्रतिलिपिसहित निर्वाचन आयोगलाई जानकारी गराए पनि पार्टीलाई अद्यावधिक गराउने काम नगरिएको भन्दै कांग्रेस कम्युनिष्टले संवैधानिक संरचनालाई समेत नराम्ररी गिजोलेको बताएका हुन् ।
प्रमुख बस्नेतले भने, ‘राज्यका अधिकांश निकाय र संरचनामा पदाधिकारी, कर्मचारी भनिने काङ्ग्रेस र कम्युनिष्ट छन् । जहाँ काङ्ग्रेस कम्युनिष्ट छन् त्यहाँ जनताको लागि विश्वास र भरोसा भन्ने कुरा हुँदैन । काङ्ग्रेस र कम्युनिष्टको काम भनेकै राज्यका निकाय र संरचनामा रहेर तिनै निकाय र संरचनामार्फत मुलुकलाई धराशायी बनाउने हो ।’
‘पार्टीको महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि पार्टीलाई अद्यावधिक किन गरिएन होला ? पार्टीलाई यसबारे जानकारी किन गराइएन ? के निर्वाचन आयोग पनि राजनीति गर्छ ?’ उनले प्रतिप्रश्न गरेका छन् ।
मुलुकमा काङ्ग्रेस कम्युनिष्टको लुट र आतङ्क खपिनसक्नु रहेको उनको टिप्पणी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here