नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन् ।शुक्रबार कैलाश कोइरालाद्वारा लिखित उपन्यास ‘शास्त्र’को विमोचन कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नेताहरुले आफूलाई भन्न मन लागेको कुराहरु बीपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने, ‘हाम्रो पार्टीभित्र कसैलाई आफूलाई मन लागेको कुरा भन्नुप¥यो भने कहाँ गएर खोज्ने भने बीपीले यस्तो भन्नुभएको थियो भनेर सुरु गर्ने परिपाटी छ । तर बीपीले हामीमाझ आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न । तर हामीलाई बीपीकै नाम लिएर सजिलोसँग उम्किने बाटो भएको छ ।’

त्यस्तै महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीमा पछिल्लो समय कसैलाई संघीयता मन परेको छैन, कसैलाई संविधान मन नपरेको होला तर सबैलाई बीपीको नाम जोड्दा सजिलो भएको बताए ।

साथै उनले कांग्रेस पार्टी किन छ भनेर बुझ्न जरुरी रहको बताए । उनले पार्टीमा सक्रिय भइसकेपछि एकदुईवटा कुरा मात्र सोचेर बस्न नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here