कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  बिहीबारका लागि तरकारी र फलफूलको  मूल्य  सार्वजनिक गरेको छ ।आज केही तरकारी र  फलफूलको भाउ घटेको छ भने केहीको बढेको छ । यो दिन कन्य च्याउको भाउ बढेर प्रतिकेजी १८० रुपैयाँ, डल्ले च्याउको ३ सय रुपैयाँ, पुदीनाको ३ सय रुपैयाँ, आभोकाडोको २२६ रुपैयाँ ६७ पैसा, हरियो खुर्सानीको ७५ रुपैयाँ, हरियो धनियाको भाउ ८० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, भिण्डीको भाउ प्रतिकेजी ८० रुपैयाँ, लोकल परवर ८५ रुपैयाँ, तराई परवर १२५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ र स्थानीय काउली ९० रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ ।

यसैगरी, सानो गोलभेडा (भारतीय)को औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ ३३ पैसा, तराई गोलभेडा ७० रुपैयाँ, रातो आलुको भाउ ५७ रुपैयाँ ६७ पैसा, रातो आलु (भारतीय) ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ५१ रुपैयाँ ६७ पैसा र सुकेको प्याज ८७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

यसैगरी आज लोकल बन्दाको भाउ प्रतिकेजी ४५ रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, सेतो लोकल मूला २७ रुपैयाँ ६७ पैसा, टाटे सिमी ९५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ, हरियो लाम्चो फर्सी ४५ रुपैयाँ, डल्लो फर्सी ४५ रुपैयाँ, सखरखण्ड ७५ रुपैयाँ, बरेला ६५ रुपैयाँ, पालूगो साग ७५ रुपैयाँ, चमसूरको साग ५५ रुपैयाँ, मेथीको साग ६० रुपैयाँ, तरुल ७५ रुपैयाँ र सौफको साग ६५ रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here