सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका श्रमिकहरुले अपेक्षित र नियमित रुपमा रकम जम्मा नगरेको तथ्यांकले देखाएको छ ।सरकारले वैदेशिक रोजगारीमा जानेलाई कोषमा सूचीकरण अनिवार्य गरेपनि रकम जम्मा गर्नेहरुको संख्या अपेक्षित रुपमा बृद्धि भएको छैन ।मंसिर अन्तिम हप्तासम्ममा १३ लाख १ हजार ७८ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर वैदेशिक रोजगारमा गएको तर, अहिलेसम्म ६० हजार श्रमिकले मात्र योगदान रकम नियमित जम्मा गरेको पाइन्छ ।सूचीकृत भएका १३ लाख श्रमिकमध्ये ६० हजारले मात्र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा नियमित रकम जम्मा गर्दै आएका छन् ।आवद्ध भएका श्रमिकले हालसम्म ३ अर्ब २ करोड ४७ लाख रुपैयाँभन्दा बढी योगदान रकम जम्मा गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।श्रम स्वीकृतिका बेला सूचीकरण भएका १२ लाख ४१ हजार ७८ श्रमिकको योगदान नियमित छैन । योगदान रकम नियमित नभएका श्रमिक समस्यामा पर्दा कोषबाट सुविधा नपाएको गुनासो आउने गरेको छ ।वैदेशिक रोजगारमा जाने नयाँ वा पुनः श्रमस्वीकृति लिँदा श्रमिकले २०७९ साल मंसिरदेखि सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने नियम रहेको छ ।वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रमस्वीकृति लिने बेला, श्रमस्वीकृति नवीकरण गर्ने बेला योजनामा अनिवार्य समावेश हुनुपर्ने प्रावधान छ । योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार ३ रुपैयाँ बुझाउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here