युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल आँखा अस्पताललाई खेलाडीहरुलाई उपचार खर्च मिनाहा गर्ने सम्झौता गर्ने प्रस्ताव राखेका छन् ।

शनिबार नेपाल आँखा अस्पतालको २० औँ  साधारणा सभालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरमा खेलेका खेलाडीहरुलाई सरकारले रोजगारी र स्वास्थ्य सुविधा दिन नसकेको भन्दै खेलाडीहरुलाई उपचार खर्च मिनाहा गर्ने प्रस्ताव राखेका हुन् ।

उनले भने, ‘म युवा तथा खेलकुद मन्त्री भएको नाताले सभामा एउटा प्रस्ताव राख्न चाहन्छु । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा खेलेको खेलाडीहरुलाई सरकारले न रोजगारी दिन सकेका छौ, न स्वास्थ्यमा सुविधा दिन सकेका छौ । राम्रो बीमा पनि गर्न सक्या छैनौ । जसका कारण खेलाडीहरु अहिले विदेश पलायन भइसकेका छन् । त्यसैले कम्तीमा आँखा अस्पतालहरुले खेलाडीहरुलाई उपचार खर्च मिनाहा गर्ने सम्झौता गर्ने हो भने सजिलो हुन्छ कि,’

यस्तै, उनले अस्पताल पहिला भन्दा धेरै राम्रो अवस्थामा पुगे पनि अझै सुधार गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘अस्पताल पहिला भन्दा धेरै राम्रो अवस्थामा पुगिसकेको छ । तर पनि केही प्रश्नहरु कहिलेकाहीं उठ्ने गरेको छ । त्यस्तो प्रश्नहरुको सम्बोधन गर्दै जानुपर्छ ।’

यसका साथै यो एक वर्षको अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुको लागि गंगालालले पूर्ण रुपमा निशूल्क उपचार गरिदिएको पनि उनले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here