पूर्व कानून मन्त्री गोविन्दप्रसाद बन्दीले सबैभन्दा ठूलो समस्या चुनावको बेला मात्र लोकतन्त्रको अभ्यास गर्नु नै भएको बताएका छन् ।संक्रमणकालीन न्याय प्रक्रियाको विश्वसनीयता अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले चुनावको समयमा लोकतन्त्रको सबै कुरा पूरा गर्ने तर चुनावमा निर्वाचित भैइसकेपछि जनताका सबै सबै कुरा भूल्ने गरिएको बताएका हुन् ।
उनले भने, ‘संसारको सबैभन्दा ठूलो समस्या चुनावको बेला मात्र लोकतन्त्रको अभ्यास गर्नु नै हो । चुनावको समयमा लोकतन्त्रको सबै कुरा पूरा गर्ने भनिए पनि चुनावमा निर्वाचित भैइसकेपछि जनताका सबै सबै कुरा भूल्ने गरिन्छ । ’
साथै उनले अहिलेसम्म लोकतन्त्रमा आंफू निर्वाचित हुने क्रममा जनताको भनाइ सुन्ने संस्कृति मात्र भित्र्याएको बताए ।