महिला तथा बालकालिकामन्त्री नवलकिशोर साह सुडीले अपाङ्गता भएका व्यक्तिको अधिकारलाई थप व्यवहारमा उतार्न कार्ययोजना निर्माण गरी लागू गर्ने प्रक्रियामा सरकार रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अपाङ्गता भएको व्यक्तिको अधिकारलाई व्यवहारमा उतार्न अपाङ्गता सम्बन्धि राष्ट्रिय नीति जारी गरी कार्यान्वयन गरिएको जानकारी दिँदै यसलाई थप सार्थकता प्रदान गर्न सरकार लागि परेको बताएका हुन् ।
उनले भने,‘अपाङ्गता भएको व्यक्तिको अधिकारको विषय व्यवहारमा उतार्न अपाङ्गता सम्बन्धि राष्ट्रिय नीति जारी गरी कार्यान्वयन गरिएको छ । भने यसलाई थप सार्थकता प्रदान गर्न यसको कार्ययोजना निर्माण गरी लागू गर्ने मन्त्रालयले काम गरिरहेको छ ।’
उनले हालसम्म प्राप्त भएका उपलब्धिहरुको संरक्षण गरी थप उपलब्धी प्राप्त गर्ने दिशामा सरकारी तथा गैर सरकारी संघ संस्था सबैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
मन्त्री सुडीले अपाङ्गताको क्षेत्रमा अहिसम्म राम्रो बजेटको व्यवस्था नभएको भन्दै सबै जिल्लामा आफूले राम्रो बजेटको व्यवस्था गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here