यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले ब्रेस्टविरुद्ध जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोना ३–० ले विजयी भएको हो ।बार्सिलोनाका लागि रोबर्ट लिवान्डोस्कीले खेलको १०औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै १–०को अग्रता दिलाएका थिए ।त्यस्तै ६६औँ मिनेटमा डानी ओल्मोले बार्सिलोनालाई २–० को अग्रता दिलाए । त्यस्तै खेलको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै ब्रेस्टविरुद्ध ३–० को जित सुनिश्चित गरे ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here