‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार बाट सुरु भएको छ ।महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान (एनसीडब्लुआर), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल (एनएडब्लुएचआरडी), तरंगिनी फाउण्डेसन, एक्सनएड, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति नेपाललगायत संस्थाले आजदेखी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बाट सुरु गरेका हुन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको अवसरमा ¥याली, बृहत भेला तथा अन्वेषी लोकापर्ण कार्यक्रमसमेत गरिएको छ । साथै माइतीघर मन्डलादेखी सिंहदरबार पश्चिम गेट, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपसम्म ¥याली समेत निकालिएको थियो । ¥यालीमा  “हामी सबैको प्रतिवद्धता ः लैंङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” हलो जोतेर आमाले शुरु गरेको क्रान्ति, मानव व्यापारको अन्त्य, समृद्ध भविष्यको सुरुआतलगायत प्लेकार्ड लेखिएका नाराहरू प्रस्तुत गरिएका थिए।

अभियानका क्रममा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेबारे ध्यानाकर्षण गराइने छ ।

यस्तै, अभियानका मागहरूमा सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्नेलगायत रहेका छन् ।

सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर १६ दिने अभियानका क्रममा महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतिकात्मक नाटक प्रदर्शनी, हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषी सार्वजनिक र सरोकारवाला पक्षहरूसँग बृहत् भेला र देशभर गोष्ठीलगायत कार्यक्रम गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here