उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यलाई कर तिर्नु नागरिकको लागि गौरवको विषय भएको बताएका छन् शनिबार राष्ट्रिय कर दिवस २०८१ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले जनताबाट  संकलन गरिने करको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका हुन् ।

उनले  भने, ‘राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको पनि विषय हो । जनताबाट संकलन गरिने कर त्यसको सही सदुपयोग गरेमात्रै राष्ट्रको समृद्धिको आधार तय हुनसक्छ ।’

साथै उनले कर संकलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित सबै निकायहरुलाई आग्रह गरे । उनले कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहायता लागत घटाउन, प्रबिधिमैत्री जनशक्ति विकास गर्न र कार्य प्रकृया सरलीकरण गर्नका लागि पहलकदमी समेत गर्न आग्रह गरे ।

यसैगरी उनले अर्थतन्त्रको आकार बढ्दै गएपनि सोही अनुपातमा राजश्व संकलन  बढ्न नसकेको बताए । उनले कर्मचारी सबैलाई जिम्मेवार र जवाफदेही हिसावले राजश्व संकलनको काममा केन्द्रित हुन निर्देशन दिए ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here