प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता २०८१ हुने भएको छ ।झापा १ सांसद सचिवालय, काठमाडौं तथा नेपाली कांग्रेस झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौंको आयोजनामा हुने प्रतियोगिता मंसिर १ गते शनिवार डिएभी स्कुल जावलाखेल, ललितपुरमा हुनेछ । प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम छ ।असोज १२ गतेका लागि निर्धारित प्रतियोगिता भारी बर्षाका कारण स्थगित भएको थियो ।प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन । ३० वर्ष मुनीका खेलाडी सहभागी हुने फुटसल प्रतियोगितामा झापा क्षेत्र नं १ का ७ वटा टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।जसमा क्षेत्र नं १ का साविकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडीबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा विजेता हुने टीमले २१ हजार नगद सहित ट्रफी र सम्मानपत्र पाउने छन भने दोश्रो हुने टीमले ११ हजार नगद सहित ट्रफि र सम्मानपत्र पाउने आयोजक संस्था झापा १ काठमाडौं सम्पर्क समितिका संयोजक प्रज्वल कोइरालाले जानकारी दिए ।उक्त अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारबीच मैत्रीपूर्ण खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङंदेन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता रवीन कोइराला, एलपी साँवा,माओवादीका रन्जीत तामाङ  सहितका नेताहरू खेल्नेछन् भने कलाकारकातर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विल्सन विक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुढाथोकी लगायत भिड्नेछन् ।

साथै पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं। १ क र ख का महिला टीमबीच मैत्रीपूर्ण खेल समेत हुने भएको छ । झापाबाट काठमाडौं आइ बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरुलाई लक्षित गरि उक्त खेलको आयोजना गरिएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here