पछिल्लो समय घरजग्गा कारोबारमा सुधार आएको देखिएको छ । व्यक्तिगत आवास कर्जा अर्थात होम लोन लिनेहरुको संख्यामा देखिएको बृद्धिले कारोबारमा सुधार आएको संकेत देखिएको हो ।चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास शीर्षकमा कुल तीन खर्ब ९३ अर्ब ६० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।जुन गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा २८ अर्ब ४० करोड रुपैयाँले बढी हो । गत वर्ष भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवासका लागि तीन खर्ब ६५ अर्ब २० करोड १० लाख रुपैयाँ ऋण उपलब्ध गराएका थिए ।गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५२ खर्ब २३ अर्ब २० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको पनि तथ्यांकमा उल्लेख छ । जुन एक वर्षअघिको तुलनामा तीन खर्ब १६ अर्ब दुई करोड ७० लाख रुपैयाँले बढी हो ।गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरूले मात्र कुल ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई खर्ब ७४ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बढी हो ।विकास बैंकहरुले भने पछिल्लो अवधिमा व्यक्तिगत आवास शीर्षकमा कुल ६२ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन । जुन गत आवको सोही अवधिको तुलनामा दुई अर्ब ८४ करोड ९० लाख रुपैयाँले बढी हो ।गत वर्ष भदौ मसान्तसम्म विकास बैंकहरुले व्यक्तिगत आवास शीर्षकमा मात्र कुल ५९ अर्ब ५५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here