पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई भित्र्याएको हो ।
३४ वर्षीय लास्क अलराउन्डर हुन्। उनी लामो छक्का प्रहारका लागि परिचित छन्। उनले टी–२०मा ८० म्याच खेलेका छन्। जसमा ८५९ रन बनाउँदै ४५ विकेट लिएका छन्।
’एनपीएल र पोखरा एभेन्जरसँग जोडिन पाउँदा म अत्यन्तै खुसी छु। पोखराको टिम राम्रो बन्दै गइरहेको छ । हामी मैदानमा जोशिलो क्षण तय गर्न तत्पर छौँ,’ लास्कले भने ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले लास्कको आगमनले पोखराको खेल प्रदर्शन अब्बल हुने बताए । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीको आबद्वताले टिम र एनपीएलको भ्यालु बढाउने भन्दै खुसी व्यक्त गरे।
एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन्।
त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएका छन्।
त्यस्तै आइपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ।
एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here