मकवानपुर ।
बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले युवाको आकर्षण बढ्दै गएको खेलकुद क्षेत्रको विकासलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।मकवानपुरको मनहरी गाउँपालिका–४ चैनपुरमा आयोजित दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासित नागरिक तयार गरी राष्ट्रिय एकता र राष्ट्रिय गौरव बढाउन मन्त्रालयले प्राथमिकता दिएको बताए ।
उनले युवाको आकर्षण बढ्दै गएको खेल क्षेत्रको संरक्षण र विकास गरी राष्ट्र निर्माणमा सहभागी गराउन प्रयासरत रहेको उल्लेख गरे ।सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारका लागि लागिपरेको उनको भनाइ छ ।
उनले भने, ‘बागमती प्रदेशको खेलकुद मन्त्रालयको जिम्मा लिएसँगै खेलकुद क्षेत्रमा लागू औषध दुर्वेसनीलाई निम्न बनाउन खोजिरहेको छु र खेलकुद पूर्वाधार विकासमा म अभिरात्र खटिरहेको छु ।’