फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले डिजिटल मिडियाको फैलिदो अवस्थालाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा उनले प्रसारण, डिजिटल मिडियाको फैलिदो अवस्था, संविधानको उद्धार भावनालाई कार्यान्वयन गर्न र राज्यको नयाँ संरचना सबैलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने खाँचो महशुस भएको भन्दै यसको प्रयास सुरु भएको बताएका हुन् ।उनले भने, ‘पत्रपत्रिकाहरुलाई राज्यले कठोर नियमन गरेर मात्र हुँदैन । उनीहरु आफैं स्वनियमनबाटै चल्नुपर्छ भन्ने मान्यताको लागि ५ दशकदेखि प्रेस काउन्सिल भन्ने संस्था त्यसकै लागि छ । यसलाई नै मिडिया काउन्सिल भनेर लान खोजेको हो । पहिला पत्रपत्रिकाको क्षेत्रलाई मात्र यसले समेट्ने गरेको थियो तर प्रशारण क्षेत्रलाई नसमेटेको हुनाले त्यसलाई पनि समेट्नको लागि र अर्को भनेको प्रसारण, डिजिटल मिडियाको फैलिदो अवस्था, संविधानको उद्धार भावनालाई कार्यान्वयन गर्न र राज्यको नयाँ संरचना सबैलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने खाँचो महशुस भएको हो । र यसको प्रयास सुरु भएको हो ।’यसको साथै, उनले यो विधेयकमा आमसञ्चार, आम सञ्चार माध्यम, सञ्चार संस्था र पत्रकारको परिभाषाको बारेमा अझै केही समस्याहरु रहेको पनि बताए ।उनले भने, ‘विधेयकमा आम सञ्चार, आम सञ्चार माध्यम, सञ्चार संस्था र पत्रकारको परिभाषाको बारेमा अझै केही समस्याहरु छन्, जुन किसिमले यी संस्थाहरुलाई व्याख्या गर्नुपर्ने हो त्यो हिसाबले यो विधेयकमा स्पष्ट परिभाषा गरेको छैन ।’
Home मुख्य समाचार राज्यको नयाँ संरचनाहरुलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्छ : तारानाथ दाहाल








