विवादास्पद पेनाल्टीका कारण च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।गएराति भएको खेलमा आर्सनल इन्टर मिलानसँग १–० गोलअन्तरले पराजित भएको हो ।पहिलो हाफमा इन्टर मिलानले विवादास्पद पेनाल्टी पाएपछि आर्सनलले सिजनकै पहिलो हार बेहोरेको हो ।पहिलो हाफको इन्ज्युरी समयमा हाकान काल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरमिलानलाई जित दिलाए ।खेलको दोस्रो हाफमा आर्सनल आक्रमक रूपमा प्रस्तुत भए पनि गोल गर्न असफल भयो ।आर्सनलले यो सिजन युरोपमा खेलेका चार खेलमा पहिलोपटक हार भोगेको हो । लिगमा २ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार भोगेको आर्सनल ७ अंकसहित १२औँ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here