उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का भारत भ्रमण सकाएर स्वदेश फिर्ता भएका छन् ।गत आइतबार तीन दिने  भ्रमणका लागी भारत प्रस्थान गरेका मन्त्री खड्का आज स्वदेश फर्किएका हुन् ।उनी भारतको नयाँ दिल्लीमा नोभेम्वर ३ देखि ६ सम्म संचालन हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको सातौ महासभामा भाग लिन गएका हुन् ।उनले आफ्नो भ्रमणबारे जानकारी गराउन त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकार सम्मेलन गर्दै आफ्नो तीन दिने भ्रमण उपलब्धिमुलक भएको बताए ।उनले भ्रमणको क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता भएको पनि बताए ।उनले भने, ‘यो भ्रमण उपलब्धिमुलक रहेको छ । भारत सरकारले उच्च सम्मानकासाथ नेपाललाई हेरेको छ । अरु राजनीतिक केही भेटघाटहरु पनि भए ।’उनले २०३५ सम्म २८ हजार पाँच सय मेघावट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यलाई परिपूर्ति गर्न सहयोगको लागि  भारत सरकार उत्साहित रहेको पनि बताए ।उनले भने, ‘अब जुन २०३५ सम्म २८ हजार पाँच सय मेघावट विद्युत उत्पादन गर्ने जुन लक्ष्य लिएको छौं ।  त्यसलाई कसरी परिपूर्ति गर्ने भनेर त्यहाँका ठूला व्यवसायीक व्यक्तित्वहरुसँग पनि छलफल भयो । उहाँहरु पनि उत्साहित हुनुहुन्छ,चाँडै आउँदै हुनुहुन्छ यहाँ काम गर्न ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here