प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।घोराही उपमहानगरपालिका–१५ काठेकोहल डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका–८ घर भएका ३४ वर्षीय इमरान हुसेनको कोठामा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरुलाई नगद ९१ हजार ९सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







