सोलुखुम्बुको दुर्गम हिमाली भेग  मेरा पिक क्षेत्रमा  स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ । हिमाल आरोही र ट्रेकिङमा जाने पर्यटकहरूलाई लक्षित गरेर महाकुलुङ गाउँपालिका, वडा नं. २, खारेमा क्लिनिक सञ्चालनमा ल्याइएको हो ।मेरा पिक आरोहणमा निस्किएका पर्यटक र उनीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ पहिलो पटक ५ हजार मिटर माथिको उचाइमा उक्त क्लिनिक स्थापना गरिएको हो । गाइड, भरिया र स्थानीय बासिन्दा लक्षित ुमेरा क्लिनिकु नामबाट स्थापना गरिएको स्वास्थ्य क्लिनिक शुक्रवार वाट सञ्चालन ल्याइएको हो ।वरिष्ठ स्वास्थ्य सहायक रामबहादुर भैया र डा। मिलन सिंह पाण्डेको नेतृत्वमा सञ्चालित यस संस्थाले महाकुलुङ क्षेत्रका दुर्गम भूगोल र कठोर जीवनयापनलाई सहज बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको प्रतिक्रिया दिएका छन् ।विश्व प्रसिद्ध हिमाली सौन्दर्य र चुनौतीपूर्ण भूगोलको प्रतीक मेरा पिक क्षेत्र साहसिक पर्यटनको हब बन्दै गर्दा स्वास्थ्य क्लिनिकको स्थापनाले थप सहज भएको स्थानीयको प्रतिक्रिया रहेको छ । स्वास्थ्य सेवा नहुँदा गम्भीर बिरामीको जोखिमका कारण मेरा पिकका लागि आउने भरिया, गाइड, र पर्यटकले असुरक्षित महसुस भएको बताउँदै आए पनि क्लिनिकको स्थापना पछि सहज हुने ुटुरिस्ट गाइडु नुरु शेर्पा बत्ताउँछन् ।क्लिनिकको स्थापना अघि यस क्षेत्रबाट नजिकको स्वास्थ्य सेवा लिनका लागि मात्र चार दिनको लामो पैदल यात्रा तय गर्नु पर्ने थियो । अब भने उक्त ४ दिने सकसपूर्ण बाटो तय गर्नु पर्ने छैन ।साधारण चिकित्सा परामर्श, आकस्मिक औषधि सेवा, प्रसूति, स्त्रीरोग तथा फोरेन्सिक चिकित्सा जस्ता सेवाहरू प्रदान गर्ने यस क्लिनिकले आवश्यक पर्ने सेवा निःशुल्क उपलब्ध गराउने छ । भरियाहरूका लागि विशेष सुविधा उपलब्ध गराएर उनीहरूको जीवनको सुरक्षामा थप योगदान पु¥याउने लक्ष्य पनि क्लिनिकले लिएको छ ।यस क्षेत्रमा विगतमा स्वास्थ्य सेवाको अभावकै कारण बर्सेनि धेरैले ज्यान गुमाइरहेको र  मौसम खराब हुँदा हेलिकप्टर उद्धार सम्भव नभएपछि, गम्भीर बिरामीहरूले जोखिम मोलेर पैदल यात्रा गर्नुपर्ने बाध्यतालाई चिर्न क्लिनिक सफल हुने वरिष्ठ स्वास्थ्य सहायक रामबहादुर भैया र डा। मिलन सिंह पाण्डे बताउँछन्।क्लिनिकले महिला स्वास्थ्यको लागि पनि सेवा उपलब्ध गराउने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here