नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञको आयोजना गर्ने भएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फाउण्डेशनल कार्तिक २१ गतेदेखि २४ गतेसम्म आयोजना हुने महायज्ञसहित वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलनको तयारीको अन्तिम चरणमा रहेको जानकारी दिएको हो ।
महायज्ञमा १,११,१११।– प्रदान गरी यस महायज्ञमा एक महारुद्र बराबरको सङ्कल्प गर्न सकिने र कर्ताहरूलाई संस्थाको मानार्थ आजीवन सदस्यतासमेत प्रदान गरिने फाउण्डेशनले जनाएको. छ ।
महायज्ञ काठमाडौंको भद्रकालीमा हुनेछ । फाउन्डेसनका अध्यक्ष एवम पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाका अनुसार २१ गते स्वर्ण महोत्सवको उदघाटन साथै सांस्कृतिक झाँकीसहित शोभा यात्रा गरिने, २२ गते वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन, योग एवम ध्यान, हरेक साँझ भागवत कथासारसहित सन्त महात्माहरुबाट वैदिक प्रवचन साथै महर्षि महेश योगीबाट ध्यानीहरुलाई सम्मान कार्यक्रम राखिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here