धार्मिक तथा सामाजिक संस्था मानव सेवा फाउण्डेसनले  नेपाल कल्याण समाज जापानका पदाधिकाहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ ।

विदेशी भूमिमा रहेर पनि नेपाल तथा जापानलगायका विभिन्न क्षेत्रमा पुगेर सामाजिक, धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनीय सहयोगको उच्च मूल्याङ्गकन गर्दै मानव सेवा फाउण्डेसनले नेपाल कल्याण समाजका पधादिकारीलाई स्वागत तथा सम्मान गरेको फाउण्डेसनका अध्यक्ष वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी महाराजले जानकारी दिएका छन् ।

सन् २०२२ मा स्थापना भएको उक्त सस्थाले अहिले नियमित रुपमा देशमा सरसफाइका कार्यक्रम, ब्लड डोनेसनका कार्यक्रममार्फत सेवा प्रदान गरिरहेको छ । त्यस्तै टर्किमा गएको भुकम्पको बेलामा पनि पदाधिकारीले सेवा गरिसकेका छन् ।

त्यस्तै धार्मिक चेतना जागृत तथा सनातन हिन्दु धर्मको उजागरणको लागि आगामी सन् २०२५ मा जापानमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने योजनाममा रहेको पनि नेपाल कल्याण समाज जापानका अध्यक्ष सूवर्ण भट्टले बताएका छन् ।

त्यस्तै मानव सेवा फाउण्डेसन अन्तर्गत सञ्चालित मामाघर आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको लागि लत्ताकपडा पनि नेपाल कल्याण समाज जापानको तर्फबाट हस्तान्तरण गरिएको छ ।

स्वागत सम्मान तथा अभिनन्दन कार्यक्रममा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोख्रेलको प्रमुख आथिथ्यता, नेपाल कल्याण समाज जापानका अध्यक्ष सूवर्ण भट्ट ,उपाध्यक्ष कासीराम भण्डारी ,मानव सेवा फाउण्डेसनका अध्यक्ष वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी महाराज, युवा व्यबसायी तथा समाजसेवी तीर्थराज भण्डारी, बिनोद कर्मचार्य, फाउण्डेसनका व्यबस्थापक बिष्णुराज गिरीलगायतको सहभागिता रहेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here