नेपाल र अमेरिकाको टी–२० आई सिरिजअन्तर्गतको दोस्रो खेल सुपरओभरमा गएको छ ।सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोडेको थियो ।अमेरिकाका लागिआन्द्रेस गसले अर्धशतक प्रहार गरे। नेपाल प्रिमियर लिग ९एनपिएल० टोली पोखरा एभेन्जर्समा आबद्ध भइसकेका उनले अन्तिम ओभरको दुई बल बाँकी छदा आउट हुनुअघि ६२ रन जोडे ।त्यसअघि नेपालले दोस्रो ओभरमै अमेरिकाका ओपनर तथा कप्तान मोनाक पटेललाई १ रनमा आउट गरेको थियो ।  उनलाई करण केसीले दोस्रो ओभरको करण केसीले बोल्ड गरेका थिए ।बलिङमा नेपालका करण केसीले ३ विकेट र सोमपाल कामीले २ विकेट लिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here