दोलखाको शैलुङ–१ र सिन्धुपाल्चोकको लिसंखुपाखर–१ जोड्ने डासेँ खोला पुल उद्घाटन गरिएको छ ।
दोलखा–सिन्धुपाल्चोक–रामेछाप–काभ्रेको संगमस्थल डाँसेखोलामा पक्की मोटर पुल निर्माण सम्पन्न भएपछि नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा पूर्वबागमती प्रदेश बन तथा वातावरण मन्त्री विशाल खड्काबाट पुल उदघाटन गरिएको हो ।
पुल उदघाटन पछि पूर्व वन मन्त्री खाड्काले पुल निर्माण पश्चात स्थानीयमा देखिएको खुशीयाली कुनै ठूलो विजयोत्सव भन्दा कम नरहेको बताए ।
उनले भने,‘यस खोलाले बगाएर आफन्त गुमाएका परिवारजनले पुल उदघाटन कार्यक्रममा प्रस्तुत गरेको भावना असाध्यै मर्मस्पर्शी थियो। पुल निर्माण पश्चात स्थानीयमा देखिएको खुसीयाली साच्चिकै ठूलो विजयोत्सव जस्तो देखिन्थ्यो ।’
पूर्वमन्त्री खड्काकै विषेश पहलमा करिब ६ करोड ३० लाख रुपैयाँ बजेट बिनियोजन गरि पुल निर्माणको कार्य सम्पन्न भएको हो । उनलाई उद्घाटन समारोहमा स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here