काठमाडौं ।
लायन्स क्लब अफ काठमाडौं, लियो क्लव अफ काठमाडौं मीनभवन तथा लियो क्लव अफ काठमाडौं सिष्ट र जीवनयोग प्रयोगशाला मीनभवनको संयुक्त आयोजनामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो अवसरमा तीजको दर खुवाउने कार्यक्रम पनि आयोजना गरियो ।शंकरापुर नगरपालिका वडा नं. ४ स्थित जेपी प्रतिष्ठानमा आयोजित कार्यक्रममा वृद्धवृद्धाहरुको आँखा, डायविटिज र जाँच गरी एवम तीज पर्वको दर खुवाउने कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं सचिव अपार खड्काले जानकारी दिइन् ।सो अवसरमा शारीरिक एवं मानसिक रुपमा कमजोर २५ जना वृद्धवृद्धा रहेको उक्त प्रतिष्ठानमा स्थानीय समेत ६८ जनाको आँखा जांच गर्दा चार जनाको मोतियाविन्दु भएको पाइएको उनले बताइन ।प्रतिष्ठानकी अध्यक्ष सकुन्तला दाहालले शारीरिक एवं मानसिक रुपमा कमजोर वृद्धवृद्धाहरुको उचित रेखदेख गर्न निकै कठिन हुने र उनीहरुको स्वभाव पनि छिटोछिटो परिवर्तन भइरहने, तुरन्तै विर्सने जस्ता समस्या भएकाकाहरुलाई सकरात्मक प्रभाव परेको छ ।कार्यक्रममा क्लवका अध्यक्ष लायन गोविन्द गौतमले लायन्स क्लव सेवा भावले स्थापना भएको, मानव मात्रको होइन असहाय, अशक्त प्राणीहरुको पनि सेवा गर्दै आएको जानकारी गराए ।
क्लवका पूर्वअध्यक्ष लायन नरेश खड्काले लायन्स क्लवको वारेमा प्रकाश पार्दै वृद्धवृद्धाहरुको सेवा गर्ने अबसर पाएकोमा गर्व गर्दै लायन्स आँखा अस्पतालले पुर्याउँदै आएको सेवाको वारेमा जानकारी गराएका थिए ।सोही अवसरमा जीवनयोग प्रयोगशाला मीनभवनका योग प्रशिक्षक दयावती विष्टले सहभागीहरुलाई योग ध्यानको महत्वबारे प्रष्ट पारेका थिए । उनले छोटो प्राणायाम र ध्यानको अभ्यास समेत गराएका थिए ।कार्यक्रममा लायन्स क्लव अफ काठमाडौंबाट क्लवका अध्यक्ष गोविन्द गौतम, पूर्वअध्यक्ष लायन नरेश खड्का, प्रथम उपाध्यक्ष लायन केशवलोचन शर्मा, सचिव लायन अपार खड्का, गोल्डेन ड्रिम्स विर्तामोडका चार्टर्ड प्रेसिडेन्ट लायन गंगा श्रेष्ठ र सदस्यद्धय लायन शुशिला गौतम र लायन सावित्री केसीलगायतको सहभागिता थियो ।त्यसैगरी जीवनयोग प्रयोगशाला मीनभवनका तर्फबाट अध्यक्ष डिआर पोखरेल, योग प्रशिक्षकद्धय दयावती विष्ट र टंक खड्का, कृष्णप्रसाद पन्थीलगायत २१ जनाको सहभागिता रहेको थियो ।
सहभागीहरुको तर्पmबाट संकलित सेवा वापतको कुल रु.४६,५००। (छयालिस हजार पांच सय मात्र) क्लवका उपाध्यक्ष केशव लोचन शर्मा र जीवनयोग प्रयोगशालाका अध्यक्ष पोखरेलले प्रतिष्ठानकी अध्यक्ष दाहाललाई हस्तान्तरण गरेका थिए ।
क्लवकी सचिव लायन खड्काले सहजीकरण गरेको कार्यक्रममा प्रतिष्ठानका संचालक अरुण पौडेलले मादलको तालमा सबै सहभागीहरुलाई भजन तथा दोहोरीद्धारा मनोरन्जन दिलएका थिए ।