काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले लोकसेवाले सञ्चालन गरेको परीक्षा उत्तिर्णले सबै नागरिकमैत्री सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले लोकसेवाले सञ्चालन गरेको परीक्षा उत्तिर्ण गरेपछि निजामति सेवामा प्रवेशको साथै जिम्मेवारी पनि प्राप्त हुने भन्दै यसलाई इमान्दार भएर निर्वाह गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘लोकसेवाले सञ्चालन गरेको परीक्षा उत्तिर्ण गरेर निजामति सेवामा प्रवेश गर्नु एउटा महत्वपूर्ण उपलब्धी हो । यसले अवसर मात्र दिएको होईन्, उत्तरदायित्व र जिम्मेवारी पनि थपेको हो । यसलाई आत्मसाथ गरेर नागरिकमैत्री सेवा प्रदान गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’
यस्तै, उनले स्टाफ कलेजले प्रदान गर्ने तालिमलाई अझ गुणस्तरीय बनाउन मन्त्रालयको तर्फबाट सधैँ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘स्टाफ् कलेजले प्रदान गर्ने तालिमलाई अझ गुणस्तरीय बनाउन र तपाईहरुको कार्यकारी निर्देशकसँग निरन्तर छलफल गरिरहेका छौ । यसको क्षमता विकासमा मन्त्रालयको तर्फबाट सँधै सहयोग रहने र आवश्यक परेको समयमा नेतृत्व लिने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’
साथै, उनले राष्ट्र र पेशाप्रति इमान्दार रहि सत्य र निष्ठापूर्वक काम गर्न सबैलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here