बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले महिलाहरुलाई उद्यमी बनाउनको लागि मन्त्रालयबाट सक्ने सहयोग गर्ने बताएकी छन् ।

शुक्रबार महिला श्रृजनशील केन्द्रले आयोजना गरेको २१ औं डाबर गुलाबरी तीज फेस्टिवल श्रृजनशील उद्यमी मेलाको उद्घाटन गर्दै उनले सेवा गर्ने उद्देश्यले नै सामाजिक मन्त्रालय छनोट गरेको भन्दै ऐन कानून अनुसार हुन सक्ने सबै सहयोग गर्न तयार रहेको बताईन् ।

उनले भनिन्, ‘महिलाहरुलाई उद्यामी बनाउनको लागि मन्त्रालयबाट केही सहयोग गर्न सक्छु भन्ने सोचेर पनि मैले यो सामाजिक मन्त्रालय छनोट गरेको हो । यसको लागि मेरो तर्फबाट गर्न सक्ने ऐन कानून अनुसार हुन सक्ने सबै काम गर्न तयार छु ।’

यस्तै, उनले महिलाहरुले समाज, परिवार सबैलाई रिझाएर मात्र अगाडि बढ्नुपर्ने अवस्था रहेको भन्दै पहिलो प्राथमिकता महिलालाई दिनुपर्छ भनेर मन्त्रालयमा पनि भन्न सुरु गरेको बताईन् ।

उनले भनिन्, ‘यो संस्थाले नारीहरुलाई टेवा पु¥याएको छ । म आफंै महिला भएको हुनाले महिलाहरुलाई अगाडि बढ्न कति गारो छ भन्ने कुरा थहा छ । समाज, परिवार सबैलाई रिझाएर हामी अगाडि बढ्नु पर्छ । हरेक महिला अगाडि बढ्नुपर्छ भन्ने मेरो चहाना हो । जे कामको लागि पनि पहिलो प्राथमिकता महिलालाई दिनुपर्छ भनेर मैले मन्त्रालयमा पनि भन्न सुरु गरेको छु ।’

यसको साथै, उद्यामीहरुको लागि देशमा कच्चा पदार्थको अभाव भएको भन्दै सबै सामान महंगो हुने गरेको पनि उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here