पोखरा ।  पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका छन् ।  पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ्ग बसपार्कबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका हुन् ।

पक्राउपर्ने नक्कली सिआइडीहरुमा पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन बस्ने वर्ष ३२ को सन्दिप श्रेष्ठ र पोखरा ७ माछापुच्छ्रे टोल बस्ने वर्ष २६ का सरोज थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अभियुक्तहरुले गत आइतबार दिउँसो साढे तीन बजेको समयमा बागलुङ्ग बसपार्कमा आफूहरु सादा पोशाकका खटिएको सिआइडी प्रहरी भएको दाबी गर्दै सर्वसाधारण नागरिकहरुलाई दुख हैरानी दिई शरीरको खानतलासी तथा चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्तहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here