काठमाडौं । वेपत्ता परिवार समाज नेपाल र केही पीडित वर्गहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टिआरसि विधेयकमा गर्नुपर्ने सुधारका काम बारे जानकारी गराएका छन् ।
मंगलबार संक्रमणकालिन न्याय (टिआरसि) विधेयकमा केही असन्तुष्टिहरु रहेको भन्दै १४ वटा बँुदासहितको सुधार गर्न पूर्व प्रधानमन्त्री दाहाललाई सुझाइएको हो ।
सोही क्रममा दाहालले पीडितहरुको पीडा, चासोलाई सम्बोधन गर्ने सबै कोशिष गर्ने भन्दै पत्रमा रहेका सबै विषयलाई गम्भिर भएको हेर्ने बताए ।
उनले भने, ‘टिआरसिको पूर्व सन्ध्यामा तपाईहरुले यो पत्र बुझाउनु भएको छ । यसबारेमा राजनीतिक दलहरुसँग बसेर कुरा गर्छु । तपाईहरुको पीडा, चासोलाई सम्बोधन गर्ने सबै उपाय हुन्छ । त्यो कोशिस हुन्छ । तपाईहरुले बुझ्नु भएको छ यो विधेयक सबै ठिक त होईन केही कमि त छ । भोली सदनमा बोल्ने क्रममा पनि यी विषयहरु सम्बोधन हुने काम हुन्छ ।’
यसको साथै, उनले धेरै लामो समयपछि यो विधेयक संसदमा दर्ता भएको उल्लेख गर्दै छिट्टै पारित हुने बताए ।
उनले भने, ‘हामीले बल्ल बल्ल यो विधेयकलाई यो ठाँउमा ल्याएका छौ, यसमा कतिपय कुरा परिमार्जन गर्न त पर्छ नै तर पनि यसले धेरै हदसम्म पीडितलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यसलाई सकेसम्म सुधार गरेर लाने छौ तर अब यसलाई धेरै ढिला गर्नु हुदैँन् ।’








