काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने बन्द कार्यशाला शुक्रबारदेखि सुरु भएको छ ।पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिबृद्धि गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा सुरु भएको पार्टी सह–प्रवक्ता मनिष झाले जानकारी दिए ।पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको झाले जानकारी दिए ।साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिबृद्धि गर्न सघन प्रशिक्षण र तथा बन्द कार्यशाला संचालन गर्ने निर्णय गरेको थियो ।कार्यशालामा विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने बताइएको छ । कार्यशाला शनिबार सम्पन्न हुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here