काठमाडौं

किताब जात्राको छैटौं संस्करण शुक्रबारबाट सुरु भएको छ ।लेखक र पाठकबीच अन्तरंग विमर्श हुने यस जात्राको शुक्रबार शिक्षामन्त्री विद्या भट्टराई र अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।जात्राको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखि नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको बताए ।मुलुकमा राजनीतिक स्थायित्वका लागि योगदान सबैले हातेमालो गर्दै  आर्थिक, सामाजिक रुपान्तरण र विकासका लागि सहकार्य गर्नुपर्ने पौडेलले बताए ।‘आज देशको साझा उद्देश्य ‘समृद्ध नेपाल सुखी नेपाली’ हो । उक्त उद्देश्यमार्फत राष्ट्रिय आकांक्षालाई हासिल गर्नका निम्ति सबैले आ–आफ्नो ठाउँबाट राजनीतिक स्थायित्वका लागि योगदान दिन जरुरी छ । आर्थिक, सामाजिक रुपान्तरण र विकासका निम्ति पनि योगदान दिन जरुरी छ । यस राष्ट्रिय चाहनालाई शिक्षा र चेतनाको माध्यमबाट योगदान दिनका लागि सबैलाई हार्दिक धन्यावाद दिन चाहन्छु,’उनको भनाइ थियो किताब जात्राको छैटौं संस्करण सुरु भएकोमा खुशी व्यक्त गर्दै उनले जात्रालाई अविचलित र अविराम अगाडि बढाउन सुझाए ।समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि आयोजना हुने हरेक प्रकारका कार्यक्रमहरुलाई सरकारको पुर्ण साथ र सहयोग रहेको उनको भनाइ छ ।उनले भने, ‘हामी अहिले किताब जात्राको छैटौं संस्करणमा छौं । जात्रा अविचलित र अविराम जारी रहोस् । समाजको ज्ञान, चेतना, विवेक र एकताको सर्वोपरि रुपमा रुपमा विकास गर्ने प्रयासका लागि आयोजकप्रति मुक्तकण्खले प्रशंसा गर्न चाहन्छु । यो प्रयासमा नेपाल सरकार साथमा रहेको व्यहोरा समेत जानकारी गराउन चाहन्छु । किताबका माध्यमबाट ज्ञान र विवेकलाई समाजमा सम्प्रेषण गर्ने अभिछिन्न शृंखला मानव समाजमा छ । शृंखलालाई प्रभावकारी ढंगले अगाडि बढाउने सन्दर्भमा जात्रा महत्पूर्ण छ । अझ जात्रा मौलिकतामा आधारित रहेको छ भन्ने विश्वास मैले लिएको छु ।’

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here