काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले समितिमा छलफल गर्न आवश्यक नै नरहेको विषयमा बारम्बार छलफल गरेर समय खेरा फालेको भन्दै आपत्ति जनाएकी छिन् ।बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्राविधिक शिक्षालय संचालनका लागि सम्बन्धन स्वीकृती सम्बन्धमा परेको उजुरीका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग छलफल गरिएको थियो ।छलफलका क्रममा सांसद तोसिमा कार्कीले सो विषयमा समितिले मात्रैपनि आफैं उससमिति बनाएर काम गरिसकेको र उपसमितिमार्फत निर्णयमा नपुग्दै समितिले विद्यमान चिकित्सा शिक्षा ऐन विपरीत हुनेगरी शिक्षा मन्त्रालयलाई निर्देशन दिएको बताइन् । आफैले पाँच बुँदे असहमति पनि दर्ता गराइसकेको भन्दै फेरी पनि त्यही विषयमा छलफल गरिरहँदा समिति गम्भीर हुन आवश्यक रहेको बताइन् ।उनले भनिन्,‘बढो बिडम्बनापूर्वक भन्नु परिरहेको छ । समितिमा छलफल नै गर्नु नपर्ने विषयमा पटक –पटक छलफल गरिरहेका छौ । यो विषयमा समितिले मात्रै पनि आफै उससमिति बनाएर काम गरिसकेको थियो । उपसमितिमार्फत निर्णयमा नपुग्दै समितिले विद्यमान चिकित्सा शिक्षा ऐन विपरीत हुनेगरी शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । म आफैले पाँच बुँदे असहमतिपनि दर्ता गराएको छु । फेरी पनि यही विषयमा हामीले छलफल गरिरहँदा समिति गम्भीर हुन आवश्यक छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here