चितवन
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्। उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन्।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए। उनले भने, ‘हामी घटनास्थलमा छौँ। पानी परिरहेकाले समस्या भइरहेको छ। उद्धारको काम थालिएको छ। पहिरो पन्छाउन सुरु गरिएको छ।’ उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए।
उद्दार र खोजी कार्य जारी रहेको छ । सतर्क रहौं, सुरक्षित यात्रा गरौं, ईमर्जेन्सी बाहेक यात्रा नगरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here