गत शुक्रवार देखि निरन्तर रूपमा भइ रहेको भारी वर्षाको कारण रौतहट सहित देशभरी नै जनजीवन प्रभावित बनेको छ । मधेश प्रदेशको अधिकांश जिल्लाहरुमा अहिले पनि परि रहेकोले नदि खोलाहरुमा आएको बाढीले सतर्कता तह पार गर्न सक्नेसम्भावना बढदै गएको छ । यसलाई मध्य नजर गर्दै रौतहट जिल्लाका पालिकाहरु आफ्नो छेउमा पर्ने नदिको किनारमा रहेको वडा तथा टोलका वासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्लाका गौर नगरपालिका , गरुडा नगरपालिका , मौलापुर नगरपालिका ,बौधिमाई नगरपालिका , दुर्गाभगवती गाउँपालिका , चन्द्रपुर नगरपालिका , गुजारा नगरपालिका , फतुवा विजयपुर नगरपालिका , देवाही गोनाही नगरपालिका लगायतका पालिकाहरुले नदि किनारमा रहेको वासिन्दाहरुला उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।