काठमाडाैं,१८ असार,  |

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख दुई दल मिल्नुको कारण खुलाएका छन् । प्रचण्ड नेतृत्वको सरकार विस्थापित गरेर केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कांग्रेससँग समझदारीमा हुनुमा निश्चित राजनीतिक उद्देश्य रहेको उनले बताएका हुन् ।ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने उनले बताएका छन् । राजनीतिक स्थायित्वको लागि संविधान संशोधन र यसका लागि कानूनसमेत निर्माण गर्ने उनले खुलाएका छन् । ‘राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानूनसमेत निर्माण गर्नेगरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने’ पोखरेलले सामाजिक संजालमा लेखेका छन् ।लामो समयको गृहकार्यपछि गएराति एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here