रौतहट ।
रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकाले धान दिवश मनाएको छ । राष्टिय दिवशको रुपमा मनाईदैं आएको धान दिवश नगर प्रमुख कन्थमनि प्रसाद कलवारले किसानको खेतमा धानरोपी मनाएका छन् ।
नगरपालिकाका मेयर प्रत्यासी बृज किशोर यादव लगायत स्थानिय समाजसेवीहरु संग किसानका खेतमा महमदपुर पुगेको नगर प्रमुख कलवार वडा नं. ५ का अध्यक्ष रामबिनोद कलवारलाई समेत सहभागी गराएका थिए । हरेक दिवशलाई हर्षोउल्लासका साथ मनाउदैं आएका नगरप्रमुख कलवारले देश कृषि प्रधान भएकोले संघिय सरकार तथा प्रदेश सरकारले कृषिलाई महत्वपुर्ण स्थानदिनु पर्ने बताए ।







