काठमाडौं,९ जेठ  ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो ।प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए ।जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका छन् ।‘आज हामीले सांकेतिक विरोध गरेका हौं । यदि राज्यले गरेको ज्यादति सच्याएन भने भोलि योभन्दा पनि ठूला संस्थागत निर्णय लिएर विरोध प्रदर्शनमा हामी जान्छौं’, उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here