राजविराज (सप्तरी), २७ चैत |
राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुग्नुभएको छ । छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उहाँ सप्तरी आउनुभएको हो ।राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो । उहाँको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो ।







