फागुन ११ , रौतहट ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियामा दुई पक्ष बीच जग्गाको बिषयमा झै झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्गा भगवती वडा नम्वर २ भलोहिया हाल पिपरा सिमानमा बस्दै गरेका ४० बर्षिय जयप्रकाश दास र सोही स्थानका ५० बर्षिय चन्देश्वर महतो बीच शुक्रवार दिउसो २।१० बजेको समयमा जग्गाको बिषयलाई लिएर झै झगडा हुँदा चन्देश्वरले जयप्रकाशलाई धकेल्दा लडेका थिए ।भुइमा लडी बेहोस भएका जयप्रकाशलाई स्थानीय अस्पतालमा चेकजाँच गर्दा उपचार हुन नसकेर प्रादेशिक अस्पताल गौरमा ल्याइएको थियो । प्रादेशिक अस्पताल गौरका चिकित्सकले चेकजाँच गर्दा निजको मृत्यु भईसकेको प्रादेशिक अस्पतालबाट ३।३० बजे खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएका छन् ।झै झगडाको कारण र संलग्न दोषि मानिसहरु विरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।








