काठमाडौं,७,फागुन ।
सार्वजनिकस्थानमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने काठमाडौं चुनदेवीका प्रविण श्रेष्ठ पक्राउ परेका छन् ।एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौंको सार्वजनिकस्थानमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।भिडियोमा देखिए र सुनिए अनुसार उनले प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द प्रयोग गरेका थिए । गाडीमै सवार एक जना महिलाले दाइ-दाइ भनेर सम्बोधन गर्दा र चालकले तपाईँ भनेर सम्बोधन गर्दा पनि प्रविण श्रेष्ठले उनीहरुलाई अपशब्द प्रयोग गरेका थिए ।उनलाई नैतिकताविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ । उनी नेपाल प्रहरीको बाहलवाला तथा अवकास प्राप्त कर्मचारी नभएको समेत प्रहरीले स्पष्ट पारेको छ ।








