काठमाडौँ, १६ माघ |

शहीद दिवसको अवसर पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘राष्ट्र निर्माणमा शहीदको बलिदान’ विषयक चित्रकला कार्यशाला तथा कला प्रदर्शनी आयोजना गरिएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यशालामार्फत शहीदले समाज र देश निर्माणमा पु¥याएको योगदानलाई स्मरण गरिएको बताउनुभयो । कार्यशालामा शहीदको योगदानलाई कलाकृतिमार्फत जीवन्त तुल्याउने प्रयास गरिने छ ।” प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार कर्माचार्यले शहीदको योगदान एवं बलिदानले नै देशमा आमूल परिवर्तन आएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रम ज्यादै गहकिलो छ, भावी सन्ततिका लागि शहीदहरूले देशका लागि गरेको बलिदानको समेत स्मरण गराउन मद्दत पु¥याउनेछ ।” प्रतिष्ठानको समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राईले कार्यशालामा सिर्जित कलामार्फत शहीदहरूले राष्ट्र निर्माणका लागि दिएको बलिदानको सम्झनालाई स्थायी बनाउन सहयोग पु¥याउने बताउनुभयो । कार्यशालामा कलाकार भीमबहादुर श्रेष्ठ, रेनुका महर्जन, सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, लीलाधर केसी, पाल्साङ्मो लामा, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, सङ्गी श्रेष्ठ र जुपिटर प्रधानको सहभागिता रहेको थियो । यसैगरी, कार्यशालामा राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशवराज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदन सिङ, विपना महर्जन, अशुराम खाइजु, राजकुमार राना, कान्छाकाजी भासिमा, मङ्गोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामीलगायत कलाकारको सहभागिता रहेको छ । सोमबारदेखि सुरु भएको कार्यशालामा सिर्जित कलाकृति प्रतिष्ठानमा आजदेखि नै प्रदर्शनमा राखिँदैछ । उक्त प्रदर्शनीयही माघ २२ गतेसम्म रहने उक्त कार्यक्रमका संयोजक दीपेन्द्रमान बनेपालीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here