रौतहट,५ माघ |
रौतहटको यमुनामाई गाउँपालिका बमनहर स्थित मोटरसाइकलले ठक्कर दिँदा तिन जना बालक घाईते भएका छन् ।
यमुनामाई गाउँपालिका वडा नं ५ झुन्खुनवा टोल बस्ने लखिन्द्र माझीको ११ बर्षको छोरा रूपेश माझी, बिजुली माझीको १२ बर्षीय छोरा गोलु माझी र रामइश्वर माझीको ९ बर्षीय छोरा पेटफुला माझी गरि ३ जनालाई हुलाकी सडक छेउपेट्टीमा बसेको अवसरमा बमनहर चौकदेखि पश्चिम दिशाबाट आउदै गरेको बौधिमाई नपा वडा नं ९ सरमुजवा निवासी २१ बर्षीय मोटरसाइकल सवारी चालक सुमित जयसवाल र सोही नपा वडा नं ६ पिपरीया निवासी २४ बर्षीय राजन कुमार यादवले चढेको मोटरसाइकलले ठोक्किएर गम्भीर घाइते बनाएको छ ।३ जना गम्भीर बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ भने मोटरसाइकल चालक र सवारी अस्थाई प्रहरी चौकी पोष्ट सरूअठाराखिएको छ ।








