काठमाडौं,४,माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा अहिले अनुशासनको गम्भीर समस्या देखिएको बताएका छन् ।बिहीबार पार्टी निकट खेलकुद महासंघको कार्यक्रममा उनले मान्छेहरु अनुशासित हुन मन नपराउने र स्वेच्छाचारी हुन सक्ने प्रवृत्ति देखिएको बताएका हुन् ।‘अहिले नेपाली समाजको गम्भीर समस्या भनेको अनुशासनको समस्या हो, मान्छेहरु अनुशासित हुन मन नपराउने, स्वेच्छाचारी हुन मन पराउने’, उनले भने, ‘आत्मसंयमित, आत्मनियन्त्रित, सामाजिक बन्धनले बाँधिएको समाज उन्नत हुन्छ ।’अनुशासनमा बस्नुपर्‍यो, कानुन मान्नुपर्‍यो, सामाजिक मूल्य मान्यतामा बस्नुपर्‍यो भने नेपालीलाई कष्ट हुने भन्दै ओलीले भने, ‘आफैंले आफैंलाई नियन्त्रण गर्ने कुरामा गम्भीर न्यूनता आएको छ ।’उनले व्यक्तिहरु आफ्नै प्रतिवद्धताले नियन्त्रित भएन भने राज्यले नियन्त्रण गर्न नसक्ने धारणा राखे ।पैसाले मात्र समाज उन्नत नहुने भन्दै ओलीले पैसाले समाजको चेतनास्तर निर्धारण नगर्ने बताए । ‘तिनीहरुको स्तर निर्धारण गर्ने भनेको मान्छे कति सचेत छन्, कति आत्मसंयमित छन्, आत्मनियन्त्रणको अभ्यास कति छ त्यसमा भर पर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here