काठमाडौं,४,माघ  ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवा विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने बताएका छन् ।बिहीवार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए ।उनले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।उनले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको बताए ।विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहरेको बताउँदै उनले सुशासन प्रभावकारी बनाउने र इकोनोमी एक्टिभिटी बनाउने काम भइरहेका बताए ।उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरुलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here