राैतहट ।
राजदेवी नगरपालिकामा आज नगरस्तरीय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ । राैतहटकाे जनता सत्य नारायण मा वि वसतपुरमा मा वि तथा आ वि स्तरीय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे हाे । राजदेवी नगरपालिकाकाे आयाेजनामा मा वि वसतपुरमा सम्पन्न भएकाे साे कार्यक्रममा मा वि तर्फ मा वि मुडवलवा प्रथम र आ वि तर्फ मा वि ब्रह्मपुरी प्रथम स्थान हासिल गर्न सफल भएका छन । मा वि तर्फ “FUTURE POSSIBILITIES OF RAJDEVI MUNICIPALITY” र आ वि तर्फ “विद्यालयमा अतिरिक्त कृयाकलापकाे महत्त्व” विषयक शीर्षकमा भएकाे वक्तृत्वकलामा मा वि तर्फ मा वि मुडवलवा प्रथम, मा वि वसतपुर द्वितीय र मा वि ब्रह्मपुरी तृतीय तथा आ वि तर्फ मा वि ब्रह्मपुरी प्रथम, मा वि हजमिनियाँ द्वितीय , मा वि वसतपुर र मा वि मुडवलवा संयुक्तरूपमा तृतीय स्थान हासिल गर्न सफल भयाे ।
विजेता विद्यार्थी तथा विद्यालयलाई राजदेवी नगरपालिकाकाे नगरप्रमुख भिखारी प्रसाद यादव, उपप्रमुख राज कुमारी देवी साह तथा प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले शुभकामना दिनु भयाे । मा वि हजमिनियाकाे सहायक प्रधानाध्यापक नरेश यादव तथा मा वि वसतपुरकाे शिक्षक राकेश झाले संयुक्तरूपमा सञ्चालन गर्नुभएको साे कार्यक्रममा नगर प्रमुख यादव , नगर उपप्रमुख साह र प्रमुख प्रसाशकीय अधिकृत कायस्थले मन्तव्य राख्नु भयाे ।
यस अघि नगरप्रमुख यादवले दिप प्रज्जवलीत गरी तथा माता सरस्वतीकी फाेटाेमा माल्यार्पण गर्दै प्रतियोगिताकाे शु-भारम्भ गर्नु भएकाे थियाे । मा वि वसतपुरको शिक्षक मनाेज कुमार निधीले स्वागत मन्तव्य राख्नु भएकाे साे कार्यक्रममा मा वि वसतपुरको छात्राहरूले स्वागत गान तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए । उद्घाटन सत्रलाई सम्बाेधन गर्दै नगर प्रमुख यादवले नगरकाे शिक्षालाई सब्बल बनाउन पालिकाले अभियाननै थालेको बताउनु भयाे । विद्यार्थीमा रहेकाे प्रतिभा पहिचान गर्न तथा विद्यार्थीकाे चाैतर्फी विकास गर्न यस्ता कार्यक्रमले थप सहयाेग गर्ने बताउदै उहाँले पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेकाे बताउनु भयाे । साेही कार्यालयलाई सम्बाेधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले विद्यार्थीभित्रकाे डर हटाउदै प्रतिभा पहिचानमा यसले सहयाेग गर्ने बताउनु भयाे । पालिकाकाे शैक्षिक गुणस्तर सुधारमा पालिका लागेकाे बताउदै वहाँले शैक्षिक सुधारका अलग अलग कार्यक्रम अन्तर्गत याे पनि एउटा रहेकाे बताउनुभयाे । यसले विद्यार्थीलाई भविष्यमा आयाेगका लागि सहयाेग पुर्याउन समेत बताउनु भयाे । मा वि वसतपुरको प्रधानाध्यापक राम विश्वास यादवकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा पालिकाभित्रका विद्यालयकाे प्रधानाध्यापक, शिक्षक प्रतिनिधि तथा विद्यार्थीहरूकाे भव्य उपस्थिति रहेकाे थियाे । कार्यक्रममा सहभागी विद्यार्थीसहित उपस्थित हजारौं विद्यार्थी कार्यक्रमप्रति उत्साहित देखिन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here