ढोरपाटन (बागलुङ), ११ पुस |

राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ आउनुभएका उहाँले उक्त सङ्ग्रहालयको अवलोकन गर्नुभएको हो ।सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुग्नुभएका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले स्वागत गर्नुभएको थियो । सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिनुभयो । बागलुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले २०४६ सालको जनआन्दोलनमा बागलुङ कारागारमा जेल जीवन बिताएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले कालीगण्डकीको धेरै ठूलो महत्व रहेकाले यसको संरक्षणमा जोड दिनुभयो । कालीगण्डकीको संरक्षण नगरे बागमतीको जस्तै अवस्था हुने उहाँको भनाइ थियो ।नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मुलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृति पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । “पानीको स्रोतको सुरक्षा गर्न जरुरी छ, पानी भएर नै सिङ्गो जगत छ, त्यसले गर्दा हिमाल, वन जङ्गलको संरक्षण गर्नुपर्छ, कालीगण्डकी धार्मिक हिसाबले निकै महत्वपूण रहेकाले यसको संरक्षणमा लागौँ म बागलुङको मायाले यो स्थानमा पुगेको छु, यहाँ मैले धेरै समय बिताएको छु, यहाँको जनताले मलाई यहाँसम्म पु¥याएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here