??????????????????????????????????????????????????????????

नवलपरासी ८ पुस |

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य सेवा शिविरमा तीन हजार बढीले सेवा लिएका छन् ।जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहँुचबाट टाढा रहेका स्थानीय नागरिकले शिविरमा स्वास्थ्य जाँच गराएका छन् । प्रतापपुर गाउँपालिका–७ जगरनाथपुरमा रहेको श्री गणेश माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा बालरोग, स्त्री तथा प्रसुति रोग, नाक, कान, घाँटी, छाला, हाडजोर्नी, आँखा र दाँतलगायत विभिन्न १३ वटा रोगको स्वास्थ्य जाँच गरिएको गोरखदल गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताउनुभयो ।शिविरमा १७ जना विशेषज्ञ चिकित्सकसहित ५४ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा सबैभन्दा बढी ज्येष्ठ नागरिकले सेवा लिएका थिए । खासगरी विशेषज्ञ रोगका चिकित्सकको स्वास्थ्य सेवाको पहँुचमा नभएका नागरिकले उक्त सेवा लिएपछि खुसी व्यक्त गरेको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो ।प्रतापपुर गाउँपालिका र देवदह मेडिकल कलेजको सहकार्यमा उक्त स्वास्थ्य शिविर सञ्चालन भएको हो । जस्मा प्रतापपुर गाउँपालिका, जिल्ला अस्पताल र केही स्थानीय स्वास्थ्य संस्थाको सहयोगमा करिब रु आठ लाख बराबरको निःशुल्क औषधि वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here